२०८३ साल ब‌ैशाख ३२ गते शुक्रबार

सप्तरीमा ७ वर्षीया बालिका अपहरणबाट २४ घण्टामै उद्धार, अभियुक्त पक्राउ

राजबिराज, ८ फागुन । सप्तरीमा अपहरणमा परेकी ७ वर्षीया नेहा खातुनलाई प्रहरीले २४ घण्टाभित्र सकुशल उद्धार गरेको छ। घटनामा संलग्न ईम्तियाज अहमदलाई नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, अभियुक्तले बालिकाका बुवासँग फोनमा फिरौती माग्दै रुपनी गाउँपालिका–१ स्थित खाँडो खोला बोलाएका थिए। प्रहरीको छिटो छानबिन र तत्परता अनुसार बालिका सुरक्षित उद्धार गरिएकी हुन्।

प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार अभियुक्तलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान भइरहेको छ।

बालिकाको परिवारले मंगलबार साँझ हराइरहेको जानकारी प्रहरीमा दिएका थिए

प्रतिक्रिया