२०८२ साल माघ १९ गते अाईतबार

सप्तरीबाट चर्चित नेताहरू चुनावी मैदानमा

कृष्ण मण्डल 

राजविराज, ६ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी जिल्लाबाट विभिन्न राष्ट्रिय तथा क्षेत्रीय दलका शीर्ष नेताहरू उम्मेदवार बनेका छन्, जसका कारण यहाँको चुनावी प्रतिस्पर्धा निकै चासोपूर्ण बनेको छ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन्। त्यसैगरी नेपाल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह राष्ट्रिय स्वाभिमान पार्टीबाट सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार रहेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका तर्फबाट पूर्व सिँचाइ मन्त्री उमेशकुमार यादव पनि सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन्।

यसैगरी नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल सप्तरी क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सप्तरी  जिल्ला इञ्चार्ज तरकान्त चौधरी सप्तरी ३ बाट निर्वाचन प्रतिस्पर्धामा छन्।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व मन्त्री तेजुलाल चौधरी सप्तरी ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेसँगै सप्तरीको चुनावी माहोल थप रोचक बनेको छ।

प्रतिक्रिया