काठमाडौं, १७ चैत । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल जेनजी आन्दोलन का बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए। उनीमाथि गत भदौ २३ र २४ गते भएको आन्दोलनमा अत्यधिक बल प्रयोग गर्दै दमन गरेको आरोप लागेको छ।
तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिएका रिजाल आन्दोलनपछिको विवादका कारण एक महिना नपुग्दै पदबाट हटाइएका थिए।
यस प्रकरणमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित सम्बन्धित व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको सोही सिफारिसका आधारमा यसअघि नै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।