राजबिराज, ०१ पुस । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा इतिहास कायम हुने गरी दाेस्राै कार्यकालको लागि पुन अध्यक्षमा श्रवणकुमार देव निर्वाचित भएका छन् ।
जुन सप्तरी पत्रकार महासंघको इतिहासमा पहिलोपटक हाे दाेस्राै कार्यकालको लागि एउटै व्यक्ति निर्वाचित भएको ।
प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी निर्वाचित भए भने उहाँका निकटतम प्रतिस्पर्धी प्रेस मञ्च र प्रेस संगठनका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२÷४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् ।
यसैगरि महिला उपाध्यक्षमा सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्ण कुमार मण्डल धानुक, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिनुभयो । कोषाध्यक्ष गुप्ता सोही पदमा दोश्रो पटक निर्वाचित भएका हुन् ।
त्यस्तै महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी/जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी मधेशी सदस्यतर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरि प्रदेश परिषद सदस्यमा देव प्यानलकै गणेशलाल देव, लोकेन्द्र यादव, शैलेन्द्र झा, अरुण तिवारी, नरेश चौधरी र पवन कुमार मिश्र तथा केन्द्रिय परिषद् सदस्यमा मनोज कुमार माझी र सतिश कुमार दत्त निर्वाचित भएका छन् । महिलातर्फ केन्द्रिय परिषद् सदस्यमा ढमला भटराई निर्विरोध भइन् । सप्तरी शाखामा ८५ मतदाता रहेकाेमा ८४ जनाले मतदान गरेका थिए ।