राजविराज, २८ श्रावण । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको सप्तरी जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाट छुटिएकाे जसपाकाे सोमबार राजविराजमा आयोजित वृहत् भेलाले २९ सदस्यीय समिति निर्माण गरिएको हो ।
छिन्नमस्ता गाउँपालिकाका ३ का सत्यनारायण यादवको अध्यक्षतामा समिति बनाइएको छ । समितिमा दयानन्द गोइत, इन्द्रदेव यादव, सुरेन्द्र साह, चितरन्जन यादव, सन्तोष मण्डल, शक्ति यादवसहितकालाई सदस्यमा राखिएको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई, नेता एवं खानेपानी मन्त्री प्रदीप यादव, महिला, बालबालिका मन्त्री नवलकिशोर साह, नेतृ रेणु यादवसहितकाे उपस्थितिमा भएको कार्यक्रमकाबीच समिति बनाइएको हो ।