२०८३ साल जेठ २७ गते बुधबार

पत्रकार र सञ्चार गृहको सुरक्षाप्रति राज्य गम्भीर बन्नु पर्ने

राजबिराज , १९ चैत । पत्रकार र सञ्चार गृहको सुरक्षाप्रति राज्य गम्भीर नभएको राजविराजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले गुनासो गरेका छन् । 

मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीकाृ आयोजनामा ‘पत्रकार र सञ्चार गृहको सुरक्षा राज्यको दायित्व’ विषयमा पेशागत संघ संगठन संगकाे अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । 

पत्रकार र सञ्चार गृहको पुर्णतः सुरक्षा गर्ने दायित्व सरकारको भएको र पिडित पत्रकारहरुकाे जायज माँगहरु सम्बाैधन गर्नुपर्ने अवस्थामा सरकार जिम्मेवार नदेखिएको प्रजातान्त्रिक प्राध्यापक संघ सप्तरीका अध्यक्ष उमेश कुमार यादवले बताए । प्रजातान्त्रिक र राजावादीको अन्दाैलनकाे सन्दर्भमा पत्रकारहरुलाई इतिहासबारे पनि कलमचलाईदिन आग्रह गर्दै हामी पुनः पुरानो व्यवस्था फर्किने दिवास्वपन मात्रै भएको यादवले जिकिर गरे ।

त्यस्तै सप्तरी जिल्ला बार एशोसिएसनका सचिब रामएकबाल मण्डलले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत अगाडि बढ्दा यसको रक्षकहरुमाथीको आक्रमणको घटना वृद्धि भएको बताए ।मानवअधिकारका रक्षक पत्रकार नै भएको बताउँदै उनले पत्रकारमाथिको आक्रमण व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गरे । पत्रकारलाई आगो लगाएर निर्मम हत्या र  मिडियामाथिको आक्रमण गर्ने माथि कारबाहीको माग गर्दै उनले पत्रकार शुरेस रजकको परिवारले न्याय नपाएसम्म संघर्षका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले, पूर्व अध्यक्ष मुरली प्रसाद यादव, मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेल , नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले पत्रकार रजकको हत्यारालाई कारबाही तथा संचार गृहमा तथा सञ्चार उपकरणमाथीको क्षति उपलब्ध गराउन तथा घाइते पत्रकारहरुको उपचारको व्यवस्था मिलाउन जोडदार माग गर्दै सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । 

त्यसैगरी कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव कृष्ण कुमार मण्डलले गरेका थिए ।

काठमाडौमा गत फगुन १५ गते  एभिन्यूज टेलिभिजनकर्मी सुरेश रजक राजावादीहरुको आन्दोलनमा समाचार संकलनको क्रममा आन्दोलनकारीहरुले उनलाई घरमा ढोका थुनेर बाहिरबाट आगो लगाएर निर्मम तरिकाले हत्या गरेका थिए ।  


प्रतिक्रिया