राजविराज, ५ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधि सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।
अध्यक्ष राउतले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव लडेका थिए। उक्त निर्वाचनमा उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दाेब्बर मतले पछि पार्दै ३५ हजार ४२ मतसहित विजय हासिल गर्दै संसदमा प्रतिनिधित्व गरेका थिए।
पुनः सप्तरी–२ बाट उम्मेदवारी दिने निर्णयले स्थानीय स्तरमा राजनीतिक चासो बढेको छ। समर्थकहरूले यसलाई निरन्तरताको राजनीति र जनविश्वासको पुनः परीक्षणका रूपमा हेरेका छन ।