राजबिराज, ५ जेठ । जिल्ला बारले गैरकानुनी रुपमामा सर्वसाधारण बाट असुल्दै गरेको समाचार लेखेकै कारण नेपाल पत्रकार महासंघ सप्तरीको कार्यवाहक सचिव समेत रहेको कृष्ण मण्डल धम्कीपूर्ण तरिकाले बारले निकालेको विज्ञप्ति प्रति नेकपा एमाले जनसंगठन समन्वय सन्यन्त्रले आपत्ति जनाएको छ ।
नेकपा एमाले सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै समाचार लेखेको कारण पत्रकारलाई सामाजिक सञ्जालमा आपत्ति जनक शब्द सहित दिएको धम्की संगठनलाई सह्य नहुने जनसंगठन प्रमुख दुर्गानन्द ठाकुरले आफ्नो फेसबुक पाेष्ट मार्फत सार्वजनिक गरेको हाे ।
न्यायपालिका लाई स्वतन्त्र र भय रहित बनाउन पर्ने र गैरकानुनी रुपमा जिल्ला बारकी काेषाध्यक्ष निलम कुमारी यादबलाई कार्वाही गर्नुकाे साटो उल्टै बारले विज्ञप्ति निकालेर पत्रकारलाई सत्य उजागर गर्नबाट राेकनकै लागि थ्रेट सहित कानुनी कार्वाही गर्छु भन्नु आपत्तिजनक रहेको ठाकुरले लेखेका छन् ।
नेकपा एमाले सप्तरीका उपसचिव समेत रहेका ठाकुरले पत्रकार मण्डल पक्षमा नेकपा एमाले जनसंगठन समन्वय सन्यन्त्र रहने र यस बाट कुनै प्रकारकाे कसैमा सामन्ती सोच छ भने त्यसलाई त्यागे हुन्छ साथै अभिलम्ब दोषीलाई कानुनी दयारामा ल्याइ निर्दोश पत्रकारलाई न्याय दिलाउन सम्बन्धित पक्ष संग आग्रह समेत गरेका छन् ।
यस्ता गतिविधि बारले सच्याएर अगाडि बढेन भन्ने निर्दोष पत्रकारको पक्षमा नेकपा एमाले जनसंगठन समन्वय सन्यन्त्र अरिङाल झै ओर्लिनैछ त्यस वाट उत्पन्न हुने परिस्थितिको सम्पुर्ण जिम्मेवारी सम्बन्धित पक्ष नै हुने चेतावनी समेत दिएको छ ।
यही विषयकाे समाचारलाई लिएर निलमकाे दाजु सन्ताेष चमनले पत्रकार मण्डललाई तथानाम आपत्तिजनक शब्द सहित सामाजिक सञ्जाल फेसबुक मार्फत धम्की दिएको छ ।
जसको विरुद्धमा नेपाल आदिवासीजनजाति पत्रकार महासंघ मधेस प्रदेश, प्रेस चाैतारी नेपाल मधेस प्रदेश र सप्तरी शाखा, प्रेस मञ्च नेपाल सप्तरी र समाजवादी प्रेस संगठन लगायतका संगठनले विज्ञप्ति निकाल्दै पत्रकार मण्डललाई धम्की दिने व्यक्तिलाई कानुन बमोजिम कार्वाही गर्न माग गरेका छन् ।