२०८२ साल माघ १९ गते अाईतबार

लालुकाे श्रीमतीलाई राेजगारी र बच्चालाई १० कक्षा सम्म पढाउने जिम्मेवारी एमाले लिने

कृष्ण मण्डल 

राजबिराज, २८ श्रावण । सप्तरी राजगढ २ कमलपुरमा प्रहरीकाे गाेली लागेर मृत्यु भएका ३६ वर्षीय लालु यादवको दुई सन्तानलाई १० कक्षा सम्मकाे शिक्षा र परिवारलाई तत्काल राेजगारीकाे व्यवस्थापन गर्ने जिम्मेवारी नेकपा एमाले सप्तरीले लिएको छ ।

बुधबार लालुकाे घटना बारे यथार्थ बुझ्न घटना स्थल र घर पुगेका नेकपा एमाले पाेलिट ब्युरो सदस्य तथा सप्तरी इन्चार्ज समेत रहनु भएका सुमन राज प्याकुरेलले उक्त जिम्मेवारी लिएको परिवारिक सदस्यलाई जानकारी गराउदै यस्तो जिम्मेवारी लिएको घाेषणा गरेकाे हाे ।

घर तथा घटनास्थलमा पुगेर उनले शोकाकुल परिवारका सदस्य र  स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिनुका साथै घटनाको भत्सर्ना गरी स्वर्गीय यादवप्रति श्रद्धाञ्जली अर्पण गरी दुख व्यक्त गर्दै  घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडि छिटोभन्दा छिटो बढने आश्वासन समेत दिएका हुन ।

लालुकाे मृत्यु याेजना तहद भएको घटनाक्रमले देखाए पनि यसको न्यायिक छानबिन प्रक्रिया अगाडि बढाई दाेषीलाइ कार्वाहीकाे दायरा समेत ल्याउने पहिलो जिम्मेवारी देशको नेतृत्व गरिरहेकाे हिसाबले पहिलो जिम्मेवारी एमालेले लिएको प्रतिबद्धता समेत गर्नुभयो । सर्वदलीय बैठकमा भएका सहमति लगायत शहिद घाेषणा गर्ने सम्मकाे जिम्मेवारी वहन गर्ने प्याकुरेलले सबैसमक्ष बताएका छन् ।

तत्काल राहत स्वरुप लालुकी श्रीमती निलमलाई बालबिकासका भए पनि न्युक्ती गरी राेजगारी दिने, ७ वर्षिय छाेरा र ५ वर्षिय छाेरी पढदै गरेको निजी विद्यालायमा कक्षा १० सम्मकाे स्कुल फि, किताब कापी र पाेशाक समेत एमालेले सप्तरीले ब्यहाेर्ने जिम्मेवारी लिएको प्याकुरेलले बताए ।

प्याकुरेलकाे नेतृत्वमा नेकपा एमाले नेता दिवाकर देवकाेटा, जिल्ला अध्यक्ष तराकान्त चाैधरी, सचिव देवनाथ यादव, राजगढ पालिका अध्यक्ष ओैमप्रकाश मण्डल, डाक्नेश्वरी नगरपालिका उपमेयर मिरा यादव, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव  कृष्ण मण्डल लगायत दर्जनौं नेता तथा कार्यकर्ताहरु लालुकाे घर पुगेर दुख व्यक्त गरेका थिए ।




प्रतिक्रिया