राजबिराज, १४ चैत । सप्तरीको राजविराज ६, खरसालटाेल, नाथ बाबा मन्दिर प्राङ्गणमा श्री श्री १००८ श्री नव कुणडीय महाविष्णु महायज्ञ शुरु हुने भएको छ ।
कुल नाै दिन सम्म निरन्तर चलने महायज्ञ यहि चैत १६ गते देखि २४ गते सम्म हुने आयोजकले जानकारी गराएको छ ।
यस महायज्ञकाे उदघाटन नेपाल भारत विरक्त ५२ मण्डलका अध्यक्ष श्री श्री १०८ रामप्रसाद दाजी महराजले महायज्ञकाे अग्नि हाेममा मन्त्रद्वारा आगाे सलकाई गर्नुहुने छ । त्यसैगरी चैत १५ गते शाेभा कलश यात्रा, १६ गते यज्ञ प्रारम्भ र चैत २४ गते यज्ञ पुर्णाहुती हुनेछ ।
त्यसैगरी प्रत्येक दिन २ :३० देखि ६ बजे सम्म श्री राम कथा र प्रत्येक रात्री ८:३० देखि रालिला र यज्ञ समाप्ति पछि ३ दिने कुस्ती प्रतियोगिता हुने आयोजकले जानकारी गराएको छ ।
कुल करिब ७५ लाख बढी हुने महायज्ञ स्थानीय बासीकाे पुर्ण सहयोग रहेको र सहयोगी हाथहरुले रुपैयाँ, चावल, दाल, तरकारी लगायतका विभिन्न किसिमका सहयोग गर्ने र गर्दै आएको र राजबिराज नगरपालिका र नगरका वडाहरुले पनि सहयोग गर्ने कुरा आयाेजकले जानकारी गराएका छन ।
यज्ञ स्थलमा विभिन्न किसिमका मनाेरञ्जनात्मक कार्यक्रम तथा मेलाकाे पनि आयोजना भएको जानकारी गराएको छ ।