२०८३ साल जेठ ३ गते अाईतबार

सप्तरीमा एमाले प्रवेशको लहर, करिब २० भन्दा बढी नेता–कार्यकर्ता र सयौँ मतदाता पार्टीमा आबद्ध

राजविराज, १८ माघ । सप्तरी जिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नेहरूको क्रम तीव्र बन्दै गएको छ।

चुनावी माहौल तातेको समयमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत जसपा नेपाल र नेपाली कांग्रेसबाट आएका करिब २० जना भन्दा बढी नेता–कार्यकर्ता तथा उनीहरूसँगै सयौँ मतदाता एमालेमा प्रवेश गरेका छन्।

पार्टी प्रवेशसँगै सप्तरीमा एमालेको संगठन थप मजबुत बन्दै गएको देखिएको छ। कार्यक्रममा नवप्रवेशीहरूलाई एमालेका नेताहरूले स्वागत गर्दै पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्।

सप्तरी जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहनुभएका ताराकान्त चौधरीले एमालेको विकासमुखी नीति र स्थिर नेतृत्वप्रति जनआकर्षण बढ्दै गएको बताउनुभयो।

उनले आगामी दिनमा पनि विभिन्न दलका नेता–कार्यकर्ता तथा मतदाताहरू एमालेमा प्रवेश गर्ने क्रम जारी रहने जानकारी दिनुभयो।

नवप्रवेशीहरूमा डाक्नेश्वरी नगरपालिका–९ का मिश्रीलाल साह, घुरण साह, महेन्द्र साह, भवरलाल साह, चन्देश्वर साह, बिरेन्द्र साह, भुवनेश्वर साह, बिनोद साह, देवकान्त साह, समोलिया देवी, सुरज साह, जयप्रकाश साहलगायत सयौँ जना संयुक्त रूपमा एमाले प्रवेश गरेका छन्।

प्रतिक्रिया