२०८२ साल माघ १९ गते अाईतबार

सप्तरी महाेत्सव असाेज २२ गतेदेखि राजबिराजमा हुने

कृष्ण मण्डल

राजबिराज, २१ भदौ । ‘सप्तरीको विकास हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित सप्तरी उद्योग वाणिज्य संघ राजविराजको आयोजनामा सप्तरी महोत्सव–२०८२ हुने भएको छ ।

आगामी असाेज २२ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने यो १५ दिने महोत्सवलाई ‘ए कम्प्लिट बिजनेस फेस्टिवल’ नाम दिइएको शनिबार राजबिराजमा आयाेजित  पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

राजबिराज स्थित रहेको राजरंगशालामा लागाईने महाेत्सवमा उद्योग वाणिज्य, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक तथा हस्तकला लगायतका स्थानीय उत्पादनको प्रवर्द्धनमा विशेष जोड दिइने संघका अध्यक्ष लालु अग्रबालले जनाएको छ ।

जिल्लाको सर्वाङ्गीण विकास र स्थानीय वस्तुको प्रचार–प्रसारलाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा स्थानीय कलाकार देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारहरुलाई ल्याउने सम्पूर्ण तयारी पुरा गरेको आयोजकले जनाएको छ । 

महाेत्सवमा करिब एक सय ७० बढी स्टल , बालबालिकाकाे लागि फन पार्क, मनाेरञ्जनात्मक स्टेज सहित उच्च सुरक्षाको व्यवस्थापन गरिने छ ।

करिब १ करोडौं ६८ लाख बढी अनुमानि खर्च हुने १५ दिने महाेत्सवमा करिब ४ लाख बढी उपभोक्ताले लाभ लिने अनुमान गरिएको छ । एक सय रुपैयाँ देखि ३ सय रुपैयाँ सम्म प्रवेश शुल्क लाग्नेछ जसबापत केही खाने कुरा पनि दिने सप्तरी उद्योग वाणिज्य संघका महासचिव अमृत संचेतीले जानकारी दिए ।

प्रतिक्रिया