राजबिराज, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ ।
मन्दिरमा पुजारीका रूपमा कार्यरत करिब ७० वर्षीय पुजारी रामदुलार साहलाई अज्ञात व्यक्तिले शनिबार राति गोली हानी हत्या गरेको सप्तरी प्रहरी प्रमुख गाैतम कुमार केशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साह आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको अवस्थामा पछाडिबाट राति करिब २:१५ बजे गोली हानेको थियो। नाभी नजिक ढाडतर्फ गोली लाग्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।
प्रहरीले घटनास्थललाई सुरक्षित राखी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। भने हत्या कसले र किन गरेको भन्ने विषयमा थपअनुसन्धानकार्य जारी रहेको प्रहरीले जनाएको छ।