२०८३ साल जेठ २ गते शनिवार

निजामति कर्मचारी संगठनको पालिका स्तरिय समिति गठन

राजबिराज, १९ फाल्गुन । तिलाठी कोईलाडी गाउपालिकामा शनिवार नेपाल निजामति कर्मचारी संगठनको पालिका स्तरिय समिति गठन गरिएको छ। 

स्वास्थ्य चौकी को बर्साइनका प्रमुख मनोज प्रसाद देवको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा संगिता कुमारी साह , सचिवमा राजकुमार मण्डल कोषाध्यक्षमा मनोज कुमार मण्डललाई सर्वसम्मतले चयन गरिएको छ।

यसैगरी सदस्यमा दिपक कुमार साह  विसुनदेव साह जयप्रकाश साह रामसेवक मण्डल पप्पु राम दिपा मिश्र र रविन्द्र यादवलाई चयन गरिएको संगठनका जिल्ला अध्यक्ष शैलेश कुमार मिश्रले जानकारी दिनुभयो ।

संगठनका जिल्ला अध्यक्ष शैलेश कुमार मिश्रको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष प्रभाष साहको प्रमुख आतिथ्यमा आयोजित उदघाटन सत्रमा संगठनका जिल्ला उपाध्यक्ष अनिता चौधरी राष्ट्र सेवक बहुमुखी सहकारी संस्थाका अध्यक्ष शत्रोहन दास सहितकाले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया