ल्यान्ड गर्ने क्रममा दुर्घटना, मानवीय क्षति नभएको पुष्टि
खोटाङ, ४ चैत । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ।
काठमाडौंबाट ६ जना यात्रु बोकेर गएको हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
सुरुमा हेलिकोप्टर शव बोकेर गएको भनिए पनि स्थानीय वडाध्यक्ष मिलन कुमार राईले हेलिकोप्टरमा शव नरहेको स्पष्ट पारेका छन्।
गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्ने क्रममा समस्या आएपछि हेलिकोप्टरलाई बीच भागतर्फ सार्ने प्रयास गर्दा दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।