२०८२ साल माघ १९ गते अाईतबार

मधेशमा राष्ट्रिय सभा निर्वाचन: एमाले, कांग्रेस र जसपाले क्लस्टर बाँड्दै संयुक्त विजय

राजविराज, ११ माघ । मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि सम्पन्न निर्वाचन २०८२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

निर्वाचनमा महिला, अल्पसंख्यक, दलित र अन्य गरी चारवटै क्लस्टरमा फरक–फरक दलका उम्मेदवार विजयी भएका छन्।

महिला क्लस्टरतर्फ नेकपा (एमाले) की रेखा झा ७ हजार २२२ मतसहित विजयी भएकी छन्। यस्तै, अल्पसंख्यक क्लस्टरतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण ८ हजार ९३ मतसहित निर्वाचित भएका छन्।

दलित क्लस्टरतर्फ कांग्रेसकै धर्मेन्द्र पासवान ७ हजार ९०४ मतसहित विजयी हुँदा अन्य क्लस्टरतर्फ जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर ७ हजार ७२५ मतसहित निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेश प्रदेशमा कुल १०० प्रदेश सभा सदस्यमध्ये ९९ जना तथा २६४ पालिका प्रतिनिधि (मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष) मध्ये २४२ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया