२०८२ साल कार्तिक १४ गते बिहिबार

मण्डल युवा संघद्वारा शुभकामना आदान–प्रदान

राजबिराज, १० कात्तिक । तिहार तथा छठ पर्वको पावन अवसरमा मण्डल युवा संघ सप्तरीले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

संघले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा विभिन्न क्षेत्रका समाजसेवी, राजनीतिक, व्यवसायिक र युवा प्रतिनिधिहरूको उपस्थितिमा आपसी सद्भाव, एकता र भाईचाराको सन्देश दिइएको थियो।

कार्यक्रममा वक्ताहरूले वितेकाे बिजया दशमी, तिहार र छठ पर्वहरूले समाजमा प्रेम, सहअस्तित्व र सहकार्यको भावना बलियो बनाउने बताउँदै शुभकामना आदान–प्रदानका माध्यमबाट आपसी सम्बन्ध अझ घनिष्ठ हुने उल्लेख गरे।

मण्डल युवा संघ सप्तरी परिवारले सबै आगन्तुक अतिथि र स्वजातीय सहभागीहरूलाई हार्दिक स्वागत गर्दै शुभकामना आदान–प्रदान कार्यक्रम सफल पारिदिनुहुने सबैप्रति आभार समेत व्यक्त गरेको छ।

शनिबार दिलिप मण्डलकाे अध्यक्षता र प्राेफेसर तेजनारायन मण्डलकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पुर्व सविधानसभा सदस्य अशाेक कुमार मण्डल अमर, तिलाठीकाेइलाडी गापा अध्यक्ष अरुण कुमार मण्डल, महदेवा गापा अध्यक्ष सुनिल कुमार मण्डल, राजगढ गापा उपाध्यक्ष रेणु कुमारी मण्डल, राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रीय नेता गजेन्द्र मण्डल, नेपाली कांग्रेस जिल्ला सचिव सनत मण्डल, जसपा नेता अमरनाथ मण्डल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु मण्डल, सहसचिव कृष्ण मण्डल, पत्रकार कमल मण्डल, राजविराज नगरपालिका वडा अध्यक्ष जायनरायण मण्डल, तिलाठीकाेईलाडी २ का वडा अध्यक्ष कमल मण्डल, बिष्णुपुर गापा  ५ का वडाअध्यक्ष जिवछ मण्डल लगायतका  जिल्लाभरिका स्वजातिय मण्डलहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।




प्रतिक्रिया