२०८३ साल साउन २० गते बुधबार

पापडकाे अगुवाइमा राजबिराजमा वृहत् सद्भाव र्‍याली

 राजबिराज, साउन १७ ।  सप्तरीको राजबिराजमा आइतबार वृहत् सद्भाव र्‍याली सम्पन्न भएको छ।

दर्जनौँभन्दा बढी सामाजिक तथा विभिन्न संघसंस्था आबद्ध रहेको पापड (PAPAD) को अगुवाइमा आयोजित र्‍याली राजबिराज नगरपालिका–स्थित शिवमन्दिर परिसरबाट सुरु भएको थियो। र्‍यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः शिवमन्दिर परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा सहभागीहरूले सामाजिक सद्भाव, आपसी एकता, धार्मिक सहिष्णुता तथा सामाजिक मेलमिलाप कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रम सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।




प्रतिक्रिया