काठमाडौं, १८ साउन । काठमाडौंको मीनभवनस्थित सिभिल अस्पताल अगाडिको सडकमा भएको मोटरसाइकल दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी घाइते भएका छन्।
गाउँपालिकाको कामका सिलसिलामा काठमाडौं आएका चौधरी राइड सेयरिङ सेवा याङ्गोमार्फत बल्खुतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा चौधरीको खुट्टामा गम्भीर चोट लागेको छ। उपचारपछि उनी डिस्चार्ज भई हाल काठमाडौंमै आराम गरिरहेका छन्। दुर्घटनामा संलग्न अर्का मोटरसाइकल चालक गणेश अर्याल पनि सामान्य घाइते भएका छन्। दुवै जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ।
प्रारम्भिक जानकारीअनुसार तीव्र गतिमा रहेको एक मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा अर्को मोटरसाइकलसँग ठोक्किएपछि दुर्घटना भएको हो। घटनामा दुवै मोटरसाइकलमा