२०८३ साल साउन २० गते बुधबार

सप्तरीको बोदेबरसाइनमा आज रातिदेखि अनिश्चितकालीन कर्फ्यू

कृष्ण मण्डल

राजबिराज , १४ साउन। सप्तरीको बोदेबरसाइन नगरपालिकाका केही क्षेत्रमा आज राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी आदेशअनुसार कर्फ्यू क्षेत्र पूर्वमा हुलाकी राजमार्गको खड्क पुल, पश्चिममा पृतमपुर चौक, उत्तरमा नेंगडा चौक र दक्षिणमा मानराजा चौकसम्म तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशको उल्लङ्घन गर्ने वा गराउने जो–कोहीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।




प्रतिक्रिया