कृष्ण मण्डल
राजविराज, १३ श्रावण । छिन्नमस्ता गाउँपालिकामा उपाध्यक्ष राजुदेवी यादव हराइ रहदाँ उसको श्रीमानले मलखादमा गरेको अनियमितता सम्बन्धि फर्जी कागजात पेश गरेको छ ।
मलखादकाे जिम्मेवारी बाेकेकी उपाध्यक्ष छिन्नमस्ता गाउँपालिका–६ स्थित वडा कार्यालयमा स्थानीयवासीले गरेको तालाबन्दी तेस्रो दिन हुँदा पनि जनता सामु आउन सकेका छैन्न ।
स्थानीयहरूले गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादव र उनका श्रीमान् तेजनारायण यादवमाथि मलखाद वितरणमा अनियमितता भएको तथा फर्जी कागजात तयार गरी आर्थिक हिनामिना गरिएको आरोप लगाएका छन्।
स्थानीयहरूले केही कागजात सार्वजनिक गर्दै ती कागजातले मलखाद वितरण प्रक्रियामा अनियमितता भएको देखाएको दाबी गरेका छन्। उनीहरूले उक्त विषयमा निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा हिनामिना भएको भनिएको रकम असुलउपर गर्न माग गरेका छन्।
साेमबार नै स्थानीयहरुले तालाबन्दी गर्दा मंगलबार १ बजे वार्ताको समयसिमा ताेकिएकाे थियोे तर उक्त बार्तामा पनि उपाध्यक्ष आएन र श्रीमान आउदा फर्जी कागजात देखाउदाँ स्थानीयहरुले उपाध्यक्ष राजुदेवी यादव तथा वडा नं. ६ का वडा अध्यक्ष कपिलेश्वर साहकाे राजीनामा समेत माग गर्दै आन्दोलन जारी राखिएको छ।
आन्दोलनकारीका अनुसार समस्या समाधानका लागि भएको वार्ता निष्कर्षविहीन भएपछि तालाबन्दीलाई निरन्तरता दिइएको हो। वडा कार्यालय परिसरमा स्थानीयवासीको भेला, छलफल तथा विरोध प्रदर्शन जारी रहेको छ भने सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेको छ।
यता, यस विषयमा आरोपित पक्षले कुनै पनि हरहिसाब नदिने मनसायमा रहेको एक कार्यपालिका सदस्यले बताए । जसको फलस्वरूप उपाध्यक्षकाे श्रीमान तेजनरायण यादवले वडा नम्बर १काे वडा अध्यक्ष ललन कुमार यादव, ३ नम्बरको बिजय यादव समेतलाई बाेलाई आन्दोलनलाई मथ्थर पार्ने काम गरेको थियो ।
त्यसैगरी मलखादकाे आधिकारिक कागजात श्रावण १५ गते शुक्रबार १ बजेसम्ममा उपाध्यक्ष, कृषि शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत सार्वजनिक गर्ने माैखिक सहमति भयो र वडा अध्यक्ष कपिलेश्वर साहले विगत ४ वर्षको खर्च फाटबारी सहित श्रावण २० गते मंगलबार सार्वजनिक गर्ने माैखिक सहमति हुँदा तालाबन्दी यथाबत नै रहेको छ ।
राेचक कुरा त के छ भने उपाध्यक्ष र वडा अध्यक्षले यसवडाका जनतालाई गन्दैन र आफ्नो मनपरि र दादागिरी शैलीमा विगत देखि अहिलेसम्म चलाईरहेकाे छ । जस मध्ये उपाध्यक्ष स्वयं दर्जनौं शाखाकाे प्रमुख छिन र करिबकरिब अहिलेसम्म ९ करोड जतिको बजेट पनि पालिका स्तरीय ख गरी चलाई सकेकी छिन जसको विरोध अहिले स्थानीयले गर्ने थालेको छ ।
यता पालिकाकाे प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाका अनुसार उनीहरूले हाम्रो कुरा कुनै पनि नसुनी आफुखुशी चलाउदै आएको जसको मारमा हाम्रो कर्मचारी समेत पर्ने गरेको छ ।